जनमत पार्टीले महान चाडपर्वमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

जनमत पार्टीले महान चाडपर्वमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३१, मंगलवार २०:०३
जनमत पार्टीले महान चाडपर्वमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

काठमाडौं : जनमत पार्टीले विजया दशमी, तिहार (दीपावली) र छठ पर्वको अवसरमा केन्द्रदेखी वडा तहसम्म शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।

पार्टीका महासचिव चन्दन सिंहले मंगलबार विज्ञप्ति जारी गर्दै चाडपर्वको पावन अवसरमा सम्पूर्ण जनसमुदाय, नेता तथा कार्यकर्ताहरूप्रति शुभकामना व्यक्त गरेका छन्।

ADVERTISEMENT

उनले विजया दशमी, तिहार र छठ पर्वले समाजमा प्रेम, सद्भाव, जागरण र उज्यालोपन ल्याउने विश्वास व्यक्त गर्दै सबैको जीवनमा सुस्वास्थ्य, दीर्घायु, समृद्धि, सुख–शान्ति र प्रगतिका शुभकामना दिएका छन्।

सिंहले जारी गरेको विज्ञप्तिमा केन्द्रिय समिति ,राष्ट्रिय परिषद् समन्वय समिति , प्रदेश समन्वय समिति , जिल्ला समन्वय समिति , पालिका र वडा समितिहरूले चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ३१, मंगलवार २०:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !