जितियाले सामाजिक एकता र सांस्कृतिक मूल्यलाई प्रगाढ बनाओस् : महासचिव सिंह

जितियाले सामाजिक एकता र सांस्कृतिक मूल्यलाई प्रगाढ बनाओस् : महासचिव सिंह
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३०, सोमबार १४:५१
जितियाले सामाजिक एकता र सांस्कृतिक मूल्यलाई प्रगाढ बनाओस् : महासचिव सिंह

काठमाडौँ : जनमत पार्टीका महासचिव चन्दन सिंहले जितिया पर्वको अवसरमा आमा–दिदीबहिनीहरूलाई शुभकामना दिएका छन्।

महासचिव सिंहले मातृत्व, ममता र समर्पणको प्रतीकका रूपमा मनाइने यो पर्वले सांस्कृतिक मूल्य र सामाजिक एकतालाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

ADVERTISEMENT

उनले परम्परा र संस्कारमा आधारित यस पर्वले परिवारमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन्। “आमाहरूको त्याग र बलिदानको सम्मान गर्दै, यस पर्वले हाम्रो समाजलाई सहअस्तित्व, समानता र न्यायतर्फ प्रेरित गरोस्,” सिंहले भने।

नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा आपसी सद्भाव र एकताको शक्ति बढाउँदै समृद्ध राष्ट्र निर्माण गर्ने ऊर्जा यस पर्वले प्रदान गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८२ भाद्र ३०, सोमबार १४:५१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !