जेनजी आन्दोलनमा जलेको प्रहरी चौकी स्थानीयको सहयोगमा पुनः सञ्चालन

जेनजी आन्दोलनमा जलेको प्रहरी चौकी स्थानीयको सहयोगमा पुनः सञ्चालन
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २७, शुक्रबार १२:३२
जेनजी आन्दोलनमा जलेको प्रहरी चौकी स्थानीयको सहयोगमा पुनः सञ्चालन

रौतहट : गौर–चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत पर्ने हर्साहा प्रहरी चौकी जेनजी आन्दोलनका क्रममा आगजनीपछि नष्ट भएको थियो। शुक्रबार स्थानीयवासीको सहयोगमा सो चौकी पुनः सञ्चालनमा आएको छ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले नेपाल प्रहरी सदैव जनताको सेवामा तत्पर रहने भन्दै सहयोग गर्ने स्थानीय भद्रभलाद्मी र जनसाधारणप्रति आभार प्रकट गरे ।

ADVERTISEMENT

उनले भने, ‘नेपाल प्रहरी जनताको ज्यान–धनको सुरक्षाका लागि २४ सै घन्टा तत्पर रहन्छ। तत्कालको आवेगमा चौकीलाई क्षति पुगे पनि सज्जन जनताले यसलाई उठाउने प्रयास गर्नु सकारात्मक कदम हो।’

सामाजिक सञ्जालमार्फत पनि प्रहरी कार्यालयले “प्रहरी बलियो बनाऔं, कानुनी शासन सुदृढ गरौं” भन्ने अपील गरेको छ। स्थानीयको पहलमा जलेको चौकीलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको हो ।

प्रहरीका अनुसार, चौकी पुनःस्थापना केवल भौतिक संरचना मात्र नभई कानुनी शासनको निरन्तरता र प्रहरी–जनता सहकार्यको प्रतीक पनि हो।

प्रकाशित मिति: २०८२ भाद्र २७, शुक्रबार १२:३२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !