सञ्जय साह आमरण अनशनमा: अन्यायविरुद्धको सत्याग्रह

सञ्जय साह आमरण अनशनमा: अन्यायविरुद्धको सत्याग्रह
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २७, शुक्रबार १०:५३
सञ्जय साह आमरण अनशनमा: अन्यायविरुद्धको सत्याग्रह

काठमाडौं : जनकपुर बमकाण्डमा दोषी ठहर भई १२ वर्षदेखि कारावास जीवन बिताइरहेका पूर्वसांसद सञ्जय साह बिहीबारदेखि धुलिखेल प्रहरी परिसरमा आमरण अनशनमा बसेका छन्।

साहका अनुसार उनी ११ वर्षको सजाय भुक्तान गरिसकेका छन् र अब ३–४ महिना मात्र बाँकी छ। तर, अर्काे मुद्दा १२ वर्षदेखि विचाराधीन रहेकाले फैसला नभएसम्म स्वतन्त्र हुने अवस्था छैन। “कानूनअनुसार जन्मकैद भए पनि १० वर्षभन्दा बढी जेल बस्न नपर्ने हुँदा म पहिले नै सजाय पूरा गरिसकेको हुँ,” साहले आफ्नो समाजिक संजालमा उल्लेख गरेका छन्।

ADVERTISEMENT

उनले विगतमा बारम्बार आफ्नो निर्दोषता प्रमाणित गर्न पोलीग्राफ र नार्को टेस्टको माग गरे पनि कहिल्यै सुनुवाइ नभएको दाबी गरेका छन्।

साहका अनुसार केही दिनअघि जेनजी पुस्ताको आन्दोलनका कारण कारागार असुरक्षित भएपछि प्रशासनकै निर्देशनमा उनी जनकपुर पुगेका थिए।

एक दिन त्यहाँ बसेर अवस्था सामान्य भएपछि काठमाडौं फर्किने क्रममा नखु कारागार पुर्‍याउने बहानामा प्रहरीले उनलाई रोकेर धुलिखेल प्रहरी परिसरमा राखेको र त्यसपछि “सञ्जय साह फरार अभियुक्त हुन्” भनेर झुटो प्रचार गरेको उनको आरोप छ।

“म कानून मान्ने, अन्यायविरुद्ध लड्ने मान्छे हुँ, भाग्ने होइन; भाग्ने भए भारत लाग्थेँ, काठमाडौं फर्किँदिनथेँ,” साहले बताएका छन्।

उनले आफूलाई नखु कारागारमा पुर्‍याइँदैन भने आमरण अनशन जारी रहने चेतावनी दिएका छन्।

प्रकाशित मिति: २०८२ भाद्र २७, शुक्रबार १०:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !