अभिनेता राजेश हमाल पहिलोपटक चलचित्र विकास बोर्डको कार्यालय पुगे

अभिनेता राजेश हमाल पहिलोपटक चलचित्र विकास बोर्डको कार्यालय पुगे
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २२, आईतवार २१:५०
अभिनेता राजेश हमाल पहिलोपटक चलचित्र विकास बोर्डको कार्यालय पुगे

काठमाडौं : अभिनेता राजेश हमाल पहिलोपटक चलचित्र विकास बोर्डको कार्यालयमा प्रवेश गरेका छन् ।

यसअघि उनी कार्यक्रम तथा छायांकन गरी तीन पटकसम्म बोर्ड भवनको भुइँतलास्थित हलमा पुगेपनि, कार्यालय प्रवेश भने यसअघि कहिल्यै गरेका थिएनन् ।

ADVERTISEMENT

चलचित्र कलाकार संघको वार्षिकोत्सव कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित भएका हमाल कार्यक्रमपछि अध्यक्ष दिनेश डिसीको कार्यकक्षसम्म पुगे ।

डिसीले स्वागत गर्दै नेपाललाई चलचित्र छायांकनको प्रमुख गन्तव्यका रूपमा चिनाउने विशेष पुस्तक ‘फिल्मीङ ईन नेपाल’ र नेपाली चलचित्रको इतिहास समेटिएको पुस्तक ‘नेपाली चलचित्रमा पहिलो’ उपहारस्वरूप प्रदान गरे ।

डीसीले कार्यक्रममा नेपाल सरकारले प्रकाशन गरेको पहिलो नेपाली फिल्म ‘आमा’को पोष्टर अंकित हुलाक टिकट समेत उपहार दिएका थिए ।

उक्त अवसरमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेत्री अन्जना बराइलीसहित अन्य फिल्मकर्मी सहभागी थिए ।

हमालले चलचित्र विकास बोर्डले पछिल्लो एक वर्षमा गरेको कार्य प्रगतिप्रति सम्मान प्रकट गर्दै बोर्डलाई धन्यवाद ज्ञापन गरे ।

अध्यक्ष डीसी र अभिनेता हमालले आफ्नो करिअरमा २२ फिल्म र एलजी चौधरी क्वीज’सहितका टिभी कार्यक्रममा सँगै काम गरेको अनुभव साटासाट गरे ।

प्रकाशित मिति: २०८२ भाद्र २२, आईतवार २१:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !