एप बन्द गर्ने तयारीविरुद्ध रामपुकार यादवको आपत्ति : ‘श्रमिक र परिवारको पीडामा खेलबाड नगर्नू’

एप बन्द गर्ने तयारीविरुद्ध रामपुकार यादवको आपत्ति : ‘श्रमिक र परिवारको पीडामा खेलबाड नगर्नू’
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १९, बिहीबार २२:२२
एप बन्द गर्ने तयारीविरुद्ध रामपुकार यादवको आपत्ति : ‘श्रमिक र परिवारको पीडामा खेलबाड नगर्नू’

जनकपुरधाम : जनमत पार्टीका प्रदेश सदस्य तथा धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रत्याशी रामपुकार यादवले सरकारले सामाजिक सञ्जाल तथा सञ्चारका एप बन्द गर्ने तयारी गरेको समाचारलाई गम्भीर आपत्ति जनाएका छन्।

उनका अनुसार विदेशमा रहेका श्रमिकले पठाएको रेमिटेन्सकै भरमा देश चलेको छ तर त्यही श्रमिकसँग परिवारको सम्बन्ध तोड्ने प्रयास गर्नु उनीहरूको पीडामा खेलबाड गर्नु हो।

ADVERTISEMENT

यादवले भने, “रेमिटेन्स नै देशको मेरुदण्ड बनेको छ। विदेशमा बसेर पसिना बगाउने दाजुभाइ दिदीबहिनीहरूले पठाएको पैसाले देश चलिरहेको छ। उनीहरूले घर परिवारसँग सस्तो र सजिलो तरिकाले फेसबुक, आइएमओ, ह्वाट्सएपसहित २६ वटा एप प्रयोग गरेर कुरा गर्न पाएका छन्। तर यिनै एप बन्द गर्ने कुरा सरकारले गर्न थालेमा, यो त श्रमिक र परिवार दुवैको पीडामा खेलबाड गर्नु हो।”

उनले जोड दिँदै थपे, “सरकारको काम नागरिकलाई सजिलो बनाउने होइन, अझै सजिलो र सुरक्षित बनाउनुपर्ने हो। संचार प्रविधिको युगमा सरकारले एप बन्द गर्ने सोच राख्नु दुरदर्शिताविहीन कदम हो। यसले विदेशमा रहेका नेपाली श्रमिक र देशभित्र रहेका उनीहरूको परिवारबीचको सहज सम्पर्कमा ठूलो व्यवधान पुर्‍याउँछ।”

यादवले यसलाई सामान्य प्रशासनिक निर्णय नभई सामाजिक, आर्थिक र भावनात्मक प्रभाव पार्ने विषय भएको भन्दै सरकारलाई यस्ता कदम तत्काल फिर्ता लिन आग्रह गरे।

प्रकाशित मिति: २०८२ भाद्र १९, बिहीबार २२:२२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !