कञ्चनपुरमा सशस्त्र प्रहरीका दुई बीओपीसहित ५२ घर डुबानमा

कञ्चनपुरमा सशस्त्र प्रहरीका दुई बीओपीसहित ५२ घर डुबानमा
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १६, सोमबार १९:३१
कञ्चनपुरमा सशस्त्र प्रहरीका दुई बीओपीसहित ५२ घर डुबानमा

कञ्चनपुरमा अविरल वर्षापछि जोगबुडा नदीको बाढीले सशस्त्र प्रहरीका दुई बीओपी र ५२ घर डुबानमा परेको छ।
डुबानमा परेका सशस्त्र प्रहरी र स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ र उद्दारकार्यमा खटिएको छ।

महाकाली नदीमा पानीको सतह नघटेकाले चार पाङ्ग्रे सवारीसाधनको आवागमन रोकिएको छ।
१६ भदौ, धनगढी। कञ्चनपुरमा सशस्त्र प्रहरीका दुई बीओपीसहित ५२ घर डुबानमा परेका छन् ।

ADVERTISEMENT

अविरल वर्षापछि जोगबुडा नदीको बाढी पस्दा सशस्त्र प्रहरीका दुई बीओपी र ५२ घर डुबानमा परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सागर बोहराले दोधाराचाँदनी नगरपालिका–७ र वडा नम्बर १० मा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) डुबानमा परेको बताए।

बीओपी डुबानमा परेपछि दुवै पोष्टमा कार्यरत ५२ जना सशस्त्र प्रहरीहरुले प्रयोग गर्ने सरसामान, खाद्यान्न लगायतका सामाग्री सुरक्षित स्थानमा सारिएको छ।

उनकाअनुसार वडा नम्बर ७ को बीओपीका सशस्त्र प्रहरीसहित सामानसहित स्थानीय सहरी खोप केन्द्र र वडा नम्बर १० को २३ जनालाई ओमबार आधारभूत विद्यालयमा सारिएको छ । उनीहरुलाई सुरक्षित स्थानमा सारिएपनि बाढीमा फसेकाहरुको उद्दार लगायतका काममा समेत खटिएको प्रहरीले जनाएको छ।

यस्तै, दोधाराचाँदनी नगरपालिका–८ को रामपुरे टापुका डुबानमा परेका २५ घरका ७० जनालाई जनज्योती माध्यमिक विद्यालय, वडा नम्बर ३ को पटराखल्लाका १५ घरका ५५ जनालाई जमुना आधारभूत माध्यमिक विद्यालय, वडा नम्बर १० को शान्ति टोलका १२ घरका ४० जनालाई अम्बिका माध्यमिक विद्यालयमा राखिएको डीएसपी बोहराले बताए।

उनकाअनुसार महाकाली नदीमा पानीको सतह नघटेका कारण चार पाङ्ग्रे सवारीसाधनको आवागमन भने रोकिएको छ।

साँझपखको अपडेटअनुसार नदीमा पानीको बहाब केही घटेर दुई लाख तीन हजार आठ सय ३० क्युसेक पुगेको छ । सोही कारण शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारी साधन गुडाउन पाइएको छैन।

प्रकाशित मिति: २०८२ भाद्र १६, सोमबार १९:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !