राष्ट्रपति चुरे कन्स्ट्रक्सनको ठेक्का सम्झौता रद्द

राष्ट्रपति चुरे कन्स्ट्रक्सनको ठेक्का सम्झौता रद्द
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १६, सोमबार ०९:५३
राष्ट्रपति चुरे कन्स्ट्रक्सनको ठेक्का सम्झौता रद्द

काठमाडौ : नेपाल सरकारको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाइ (ढल्केबर, धनुषा) ले महोत्तरीस्थित चुरे कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँगको ठेक्का सम्झौता अन्त्य गरेको छ।

समितिले प्रकाशित गरेको सूचनाअनुसार रातु नदी प्रणाली अन्तर्गत महोत्तरीको एकडाडा गाउँपालिका–६, वगेयामा नदी तथा खोला किनारा स्थिरीकरण कार्यका लागि भएको सम्झौताअनुसार ठेक्का कार्य सम्पन्न नगरेको र तोकिएको समयमा सम्पर्कमै नआएकाले सम्झौता खारेज गरिएको हो।

ADVERTISEMENT

२०७९ फागुनमा भएको बोलपत्र प्रक्रियाबाट चुरे कन्स्ट्रक्सन एण्ड सप्लायर्स (प्रो. राजेश कुमार शर्मा) लाई कार्यादेश दिइएको थियो। सम्झौता अनुसार २०८२ वैशाख मसान्तभित्र काम सम्पन्न गर्नुपर्नेमा तोकिएको समयभित्र कुनै प्रगति नभएको समितिले जनाएको छ। पटक–पटक ताकेता गर्दा पनि कम्पनीले सम्पर्क नगरेपछि सम्झौता खारेज गरिएको सूचनामा उल्लेख छ।

सम्बन्धित कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम कालो सूचीमा राख्नका लागि आवश्यक प्रक्रिया अघि बढाइने समितिले जनाएको छ।

यससँगै ठेक्का सम्झौता अन्त्य भएको सूचना सबै सरोकारवालाको जानकारीका लागि प्रकाशित गरिएको समितिको भनाइ छ।

प्रकाशित मिति: २०८२ भाद्र १६, सोमबार ०९:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !