विकासको बाधक नै वन मन्त्रालय जस्तो भएको छ : सांसद महतो

विकासको बाधक नै वन मन्त्रालय जस्तो भएको छ : सांसद महतो
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १५, आईतवार १५:२८
विकासको बाधक नै वन मन्त्रालय जस्तो भएको छ : सांसद महतो

काठमाडौं : जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रकुमार महतोले आम मानिसको बुझाइमा विकासको बाधक वन मन्त्रालय रहेको भन्ने परेको बताएका छन् ।

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतबार बसेको बैठकमा हाइड्रोपावरहरूको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन (ईएमपी अपडेट) गर्ने विषयमा देखिएका समस्या बारे छलफल भइरहेको छ ।

ADVERTISEMENT

उक्त छलफलमा सहभागी हुँदै सांसद यादवले वन मन्त्रालयमाथि परेको यो भ्रमलाई चिर्न सक्नुपर्ने बताए । नेपाललाई समृद्ध बनाउन पछिल्लो समय हाइड्रोपावरमा लगानी बढाउने क्रम बढेको उल्लेख गर्दै उनले त्यसमा वन मन्त्रालयले सहज वातावरण बनाउनुपर्नेमा जोड दिए ।

‘समृद्ध नेपाल बनाउने भनेर अहिले हाइड्रोपावरमा जोड दिइरहेका छौँ’, उनले भने, ‘भारत र बंगलादेश किन्ने भएको त्यसबाट आम्दानी लिन पनि सक्छौँ भनेर जहाँ गएपनि हाइड्रोपावर बनाउने, बन्नुपर्छ भनेर हामी कुरा गर्छौं ।’

आम मानिसको बुझाइ नेपालमा वन मन्त्रालय हुँदासम्म समृद्धि हुँदैन भनेजस्तो बनेको उनले बताए । ‘यो कुरालाई हामीले चिर्न सक्नुपर्छ नत्र भने झन आक्रोश बढ्दै गइरहेको मैले बुझेको छु,’ उनले भने ।

सांसद यादवले हाल धेरै लगानी भएका, लाइसेन्स पाइसकेर काम अगाडि बढेका जलविद्युत आयोजनाका कामहरू रोकिएको बताए । वन मन्त्रालयले यसमा केही सहज गरिदिन खोजे एनजीओ, आईएनजीओ मार्फत जनजीवन धानिरहेकाहरूले मुद्दा हाल्दिने चलन रहेको पनि उनको आरोप लगाए ।

‘मुद्दा परेपछि वन मन्त्रालयले पनि काम ठप्प पारेको बस्ने गरेको छ,’ उनले भने ।

प्रकाशित मिति: २०८२ भाद्र १५, आईतवार १५:२८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !