मटिहानीमा पहिलो पटक सर्प उद्धार

मटिहानीमा पहिलो पटक सर्प उद्धार
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १४, शनिबार २२:००
मटिहानीमा पहिलो पटक सर्प उद्धार

महोत्तरी : मटिहानी नगरपालिकामा पहिलो पटक सर्पको उद्धार गरिएको छ।

शनिबार बेलुकी मटिहानी–८ स्थित एक घरभित्र पसेको ठूलो सर्पलाई मिथिला वाइल्ड लाइफ ट्रष्टका सर्प विज्ञ सुबोध आचार्यले सुरक्षित उद्धार गरेका हुन्।

ADVERTISEMENT

सर्प उद्धारका लागि मटिहानी पुगेका आचार्यलाई नगर प्रमुख हरि प्रसाद मण्डलले स्वागत गर्दै सम्मानसमेत गरेका थिए।

यस अवसरमा नगर प्रमुख मण्डलले सर्प उद्धार अभियानप्रति धन्यवाद ज्ञापन गर्दै नगरपालिकाभित्र विद्यार्थी र स्थानीय बासिन्दाबीच सर्पसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका थिए।

सर्प विज्ञ आचार्यले पनि विद्यालयस्तरदेखि समुदायसम्म सर्पको महत्व, सरंक्षण र सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने विश्वास दिलाएका छन्।

प्रकाशित मिति: २०८२ भाद्र १४, शनिबार २२:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !