संविधान संशोधन नगरी देश अगाडि बढ्न सक्दैन : महासचिव सिंह

संविधान संशोधन नगरी देश अगाडि बढ्न सक्दैन : महासचिव सिंह
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १४, शनिबार १४:३४
संविधान संशोधन नगरी देश अगाडि बढ्न सक्दैन : महासचिव सिंह

जनकपुरधाम : जनमत पार्टीका महासचिव तथा पूर्वमन्त्री चन्दन सिंहले संविधान संशोधन नगरेसम्म राज्यका कुनै पनि निकायले जनताको विश्वास जित्न नसक्ने बताएका छन्।

शनिबार मधेशपत्रसँग कुरा गर्दै सिंहले संविधानमै रहेको कमजोरीका कारण संघीयता कमजोर बनेको र दलित समुदायका अधिकार कार्यान्वयनमा ढिलाइ भइरहेको आरोप लगाए।

ADVERTISEMENT

‘आजसम्म दलित समुदायको हक–अधिकार कागजमै सीमित छन्। प्रदेशलाई अधिकार दिएको भनिए पनि व्यवहारमा संघीय सरकारकै नियन्त्रण छ,’ सिंहले भने, ‘मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र भनिए पनि वास्तविकता भिन्न छ।’

उनका अनुसार संविधान संशोधन गरेर मात्र प्रदेशलाई वास्तविक आर्थिक, प्रशासनिक र कानूनी अधिकार सुनिश्चित गर्न सकिन्छ। ‘संविधान संशोधन नगरीकन विकास र समृद्धि केवल नारा मात्रै बन्नेछन्,’ सिंहले भने।

महासचिव सिंहले संविधान संशोधनलाई जनताप्रति उत्तरदायी शासन प्रणालीको पूर्वशर्तका रूपमा प्रस्तुत गर्दै प्रमुख दलहरूले यसलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए।

उनले जनमत पार्टी निरन्तर संविधान संशोधन र दलित अधिकार सुनिश्चितताका लागि दबाब दिने स्पष्ट पार्दै भने, ‘संविधान संशोधन नगरेसम्म देशको कुनै निकायले जनताको भरोसा जित्न सक्दैन।’

प्रकाशित मिति: २०८२ भाद्र १४, शनिबार १४:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !