ओलीलाई बालेनको आग्रह : लिपुलेकबारे चीनलाई सम्झाउन नबिर्सिनू

ओलीलाई बालेनको आग्रह : लिपुलेकबारे चीनलाई सम्झाउन नबिर्सिनू
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १४, शनिबार ०९:५४
ओलीलाई बालेनको आग्रह : लिपुलेकबारे चीनलाई सम्झाउन नबिर्सिनू

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणका क्रममा लिपुलेकका विषयमा सम्झाउन नबिर्सिन अनुरोध गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत चीन भ्रमणको शुभकामना दिँदै लिपुलेक क्षेत्र नेपालको भएको बताएका छन्।

ADVERTISEMENT

उनले लेखेका छन्, ‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला।’ आजै ओली चीन प्रस्थान गरेका छन्।

प्रकाशित मिति: २०८२ भाद्र १४, शनिबार ०९:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !