सिमा नाकामा असुली काण्ड : दुई सशस्त्र प्रहरी जिम्मेवारीमुक्त

सिमा नाकामा असुली काण्ड : दुई सशस्त्र प्रहरी जिम्मेवारीमुक्त
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १२, बिहीबार १५:५८
सिमा नाकामा असुली काण्ड : दुई सशस्त्र प्रहरी जिम्मेवारीमुक्त

सर्लाही : सर्लाहीको सखुवा सीमा नाकामा रकम असुली गरेको भिडियो सार्वजनिक भएपछि दुई सशस्त्र प्रहरीमाथि कारबाही गरी छानबिन सुरु गरिएको छ।

भिडियोमा देखिएका सशस्त्र प्रहरी सई लेखराज विष्ट र हवल्दार सुमन चौधरीलाई तत्काल जिम्मेवारीमुक्त गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

ADVERTISEMENT

उनका अनुसार सई विष्टलाई छिन्नमस्ता बाहिनी मुख्यालय, बर्दिबासमा तानिएको छ भने हवल्दार चौधरीलाई नं. १० गण, सर्लाहीमा राखेर छानबिन अघि बढाइएको छ।

भदौ ८ गते राति खिचिएको भिडियोमा उनीहरूले भारतीय तस्करलाई ‘लाइन मिलाइदिएको’ भन्दै २२ रुपैयाँ असुल गरेको दृश्य देखिन्छ।

उक्त भिडियो बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि विषय चर्किएको हो। सशस्त्र प्रहरीले यस घटनालाई गम्भीर रुपमा लिँदै आन्तरिक छानबिन सुरु गरेको जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र १२, बिहीबार १५:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !