मंगलवार कारोबार रकम ४ अर्बभन्दा बढी , नेप्से परिसूचकमा भने बृद्धि

मंगलवार कारोबार रकम ४ अर्बभन्दा बढी , नेप्से परिसूचकमा भने बृद्धि
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १०, मंगलवार १६:५५
मंगलवार कारोबार रकम ४ अर्बभन्दा बढी , नेप्से परिसूचकमा भने बृद्धि

काठमाडौं : मंगलवार धितोपत्र कारोबार रकम ४ अर्ब १८ करोड रुपैयाँभन्दा बढी भएको छ । अघिल्लो दिनको तुलनामा यो दिन कारोबार रकम घटेको हो । अघिल्लो दिन ५ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको १ करोड ८ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । मंगलवार भने कारोबार कित्ता ९२ लाख ४३ हजारभन्दा बढी मात्र भएको हो ।

कुल कारोबारमा यस दिन पनि सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । नेपाल पुनर्बीमा कम्पनीको ४८ करोड ९५ लाख रुपैयाँभन्दा बढीको २ लाख ९३ हजारभन्दा बढी शेयर कारोबार भएको हो । सर्वाधिक रकमको शेयर कारोबार भएको यो कम्पनीको शेयरमूल्य पनि २ दशमलव ३२ प्रतिशत बढेर अन्तिम मूल्य प्रतिकित्ता १ हजार ६८५ रुपैयाँ ७२ पैसा कायम भएको छ ।

ADVERTISEMENT

नेप्से परिसूचक बृद्धिले यस दिन पनि निरन्तरता पाएको छ । सोमवार २१ दशमलव ३० अंकले बढेको बजार मंगलवार भने ४ दशमलव ८३ अंकले बढेको हो । यस दिन २ हजार ७७५ दशमलव शून्य ९ विन्दुसम्म पुगेको नेप्से २ हजार ७६० दशमलव ७३ विन्दुसम्म झरेको थियो । अन्तिममा बजार २ हजार ७६६ दशमलव शून्य ९ विन्दुमा बन्द भएको हो । यस दिनको कारोबारमा गरिएको मैनबत्ति विश्लेषणमा लामो टुप्पी र पुच्चर भएको हरियो मैनबत्ति बनेको छ । यसले भोलीको दिनमा बजार बढ्नेनै संकेत गर्दछ ।

१०१ कम्पनीको धितोपत्र मूल्य बढ्दा यस दिन १४९ कम्पनीको धितोपत्र मूल्य भने घटेको छ । यस दिन युनिलिभर नेपालको शेयरमूल्य भने स्थिर बनेको छ । विकास हाइड्रोपावरको शेयरमूल्य यो दिन पनि उच्च दरमा बढेको छ । ९ दशमलव ९९ प्रतिशत अर्थात प्रतिकित्ता ४२ रुपैयाँ ७० पैसाले बढेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४७० रुपैयाँ २० पैसा कायम भएको हो ।

मंगलवार कुमारी सबल योजनाको इकाईमूल्य सर्वाधिक घटेको छ । ३ दशमलव ६६ प्रतिशत घटेर यस योजनाको इकाई मूल्य प्रतिइकाई ९ रुपैयाँ २१ पैसा कायम भएको हो । यस दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक शून्य दशमलव ६८ प्रतिशत घटेको छ भने अन्य समूहको परिसूचक सबैभन्दा बढी १ दशमलव ४२ प्रतिशतले बृद्धि भएको छ । कुल बजार पूँजीकरण मंगलवार ८ अर्ब ७ करोड रुपैयाँभन्दा बढीले बृद्धि भई ४६ खर्ब २२ अर्ब २६ करोड रुपैयाँभन्दा बढण्ी कायम भएको छ । अघिल्लो दिन कुल बजार पूँजीकरण ४६ खर्ब १४ अर्ब १८ करोड रुपैयाँभन्दा बढी रहेको थियो ।

प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलवार १६:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !