कमलामा ल्याब र बर्थिङ सेन्टर सञ्चालन गर्न माग

कमलामा ल्याब र बर्थिङ सेन्टर सञ्चालन गर्न माग
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ९, सोमबार २०:१६
कमलामा ल्याब र बर्थिङ सेन्टर सञ्चालन गर्न माग

जनकपुरधाम : धनुषाको कमला नगरपालिका–९ अन्तर्गत दुबैरकोठ स्वास्थ्य चौकीमा थप स्वास्थ्य सेवा विस्तार गर्न माग गरिएको छ।

नेपाली कांग्रेसका नेता तथा पूर्व वडाध्यक्ष धर्मनाथ मण्डलले सोमबार नगर प्रमुख बिशेश्वर प्रसाद यादव र योजना शाखा प्रमुख बिरेन्द्र कुमार सढानसंयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमार्फत स्वास्थ्य चौकीमा ल्याब र बर्थिङ सेन्टर सञ्चालन गर्नुपर्ने माग गरेका हुन्।

ADVERTISEMENT

ज्ञापनपत्रमा लेखिएको छ, “स्वास्थ्य चौकीमा आउने गर्भवती महिला, बालबालिका, वृद्ध तथा सामान्य बिरामीहरूले उपचारका लागि सहर धाउनुपर्ने बाध्यता छ। यसले समय र खर्च दुबै बढाउँछ, जसले गर्दा स्थानीय नागरिकलाई ठूलो समस्या भोग्नुपरेको छ।”

स्थानीयहरूले दुबैरकोठ स्वास्थ्य चौकीलाई प्राथमिकता दिएर तत्काल ल्याब सञ्चालन र सुत्केरी हुने सेवाको व्यवस्था मिलाउन नगरपालिकालाई आग्रह गरेका छन्। साथै आवश्यक स्वास्थ्य उपकरण र सुविधा तत्काल उपलब्ध गराउनुपर्ने उनीहरूको जोड छ।

मण्डलसहित वडा नं. ९ का समाजसेवी, नरहा युवा कमिटिका अध्यक्ष वीरेन्द्र मुखिया, स्थानीय नेता र नागरिकका हस्ताक्षरित ज्ञापनपत्रमा दुब्बाकोट स्वास्थ्य चौकीलाई नारायणसरि अस्पतालको सहायक संरचना बनाउने सम्भावना रहेको उल्लेख गरिएको छ।

माग पूरा नभए नगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि स्थानीयहरूले दिएका छन्।

प्रकाशित मिति: २०८२ भाद्र ९, सोमबार २०:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !