सिरहाका बालकृष्ण मुखिया खैरो हिरोइनसहित पक्राउ

सिरहाका बालकृष्ण मुखिया खैरो हिरोइनसहित पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ८, आईतवार १९:०७
सिरहाका बालकृष्ण मुखिया खैरो हिरोइनसहित पक्राउ

जनकपुरधाम : सिरहाबाट काठमाडौं जाँदै गरेको यात्रु सवार हायस गाडीबाट महोत्तरी प्रहरीले खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सिरहा नगरपालिका–७ का ३७ वर्षीय बालकृष्ण कुमार मुखियालाई ४६ ग्राम ६१० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको हो।

ADVERTISEMENT

मुखियालाई प्रदेश ०१–००६ ख ७३०३ नम्बरको हायस गाडीमा सवार अवस्थामा शुक्रबार महोत्तरीको बर्दिबास नजिक चेकजाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले मुखियाको साथबाट बरामद गरिएको लागूऔषधलाई परीक्षणका लागि पठाएको छ। साथै, पक्राउ परेका मुखियाविरुद्ध लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको महोत्तरी प्रहरीले जानकारी दिएको छ।

प्रहरीले लागुऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन नियमित चेकजाँच भइरहेको जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार १९:०७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !