मलेसियामा मुख्यमन्त्री सिंह र युवा नेता सहनीबीच प्रवासी नेपालीका समस्याबारे छलफल

मलेसियामा मुख्यमन्त्री सिंह र युवा नेता सहनीबीच प्रवासी नेपालीका समस्याबारे छलफल
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ८, आईतवार १७:५२
मलेसियामा मुख्यमन्त्री सिंह र युवा नेता सहनीबीच प्रवासी नेपालीका समस्याबारे छलफल

मलेसिया : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र जनमत पार्टीका युवा नेता अरुण सहनीबीच आइतबार मलेसियामा भेटघाट भएको छ ।

भेटघाटका क्रममा उनीहरूले मलेसियामा रहेका प्रवासी नेपालीहरूले भोगिरहेका समस्या तथा समाधानका उपायहरूबारे गम्भीर छलफल गरेका छन् ।

ADVERTISEMENT

नेता सहनीले विशेष गरी रोजगारीका सिलसिलामा मलेसिया पुगेका नेपालीहरूलाई विभिन्न कठिनाइहरू भोग्नुपरेको विषयमा सरोकार राख्दै उनीहरूले राज्यको भूमिकाबारे चर्चा गरेका हुन् ।

सो अवसरमा स्वदेश फर्कने नेपाली दाजुभाइ–दिदीबहिनीलाई आफ्नै ठाउँमै रोजगारी दिन सक्ने सम्भावनाहरूको बारेमा समेत सकारात्मक विचार विमर्श भएको नेता सहनीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार १७:५२
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !