नाउपाका गत निर्वाचनका उम्मेदवार जनमत प्रवेश, रुपन्देही–३ बाट उठ्ने तयारी

नाउपाका गत निर्वाचनका उम्मेदवार जनमत प्रवेश, रुपन्देही–३ बाट उठ्ने तयारी
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ८, आईतवार १६:५६
नाउपाका गत निर्वाचनका उम्मेदवार जनमत प्रवेश, रुपन्देही–३ बाट उठ्ने तयारी

काठमाडौं : रुपन्देही–३ मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट उठेका उम्मेदवारलाई पार्टी प्रवेश गराएको छ।

आइतबार रुपन्देहीमा आयोजित कार्यक्रममा डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा गत निर्वाचनमा रुपन्देही–१ बाट उम्मेदवार बनेका धनिराम चौधरीलाई प्रवेश गराइएको हो।

ADVERTISEMENT

चौधरीले २०७९ सालको निर्वाचनमा रुपन्देही–१ मा प्रतिस्पर्धा गर्दै १३ हजार ९६२ मत ल्याएका थिए। त्यस चुनावमा उनी चौथो स्थानमा सीमित भएका थिए।

जनमत पार्टीका अध्यक्ष राउतले चौधरीलाई पार्टी प्रवेश गराउँदै आगामी उपनिर्वाचनमा रुपन्देही–३ बाट उम्मेदवार बनाइने घोषणा गरेका छन्। जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार चौधरीलाई थारु समुदायको प्रतिनिधित्वसहित उम्मेदवार बनाउने निर्णय गरिएको हो।

यसअघि नाउपाभित्रको आन्तरिक विवादका कारण पार्टी नै दर्ता हुन सकेको थिएन। नाउपाका संरक्षक रेशम चौधरीले उठाउने उम्मेदवारलाई संघीय लोकतान्त्रिक मोर्चाले सघाउने निर्णय गरेको छ। तर, जनमत पार्टीले भने नाउपालाई सघाउन नसकिने घोषणा गर्दै आफूले आफ्नै उम्मेदवार दिने अडान लिएको थियो।

प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार १६:५६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !