धनुषामा एक दर्जन नेताकार्यकर्ता जनमत प्रवेश

धनुषामा एक दर्जन नेताकार्यकर्ता जनमत प्रवेश
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ७, शनिबार २०:२१
धनुषामा एक दर्जन नेताकार्यकर्ता जनमत प्रवेश

जनकपुरधाम :धनुषाको गणेशमान चारनाथ नगरपालिकामा विभिन्न पार्टी परित्याग गर्दै एक दर्शन नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।

शनिबार नगरपालिकाका वडा नम्बर २ मा आयोजित बैठक तथा पार्टी प्रवेश कार्यक्रममा एक दर्जन नेताकार्यकर्ताहरु जनमत प्रवेश गरेका हुन् ।

ADVERTISEMENT

पार्टी प्रवेश गर्नेहरुमा कुशेश्वर महतो, भोला पासवान, राजकिशोर महतो, सरिता देवी पासवान, रामकुमारी मण्डल, ममता पासवान, रोशनी देवी पासवान, प्रासी देवी पासवान, ललिता देवी पासवान, आशा देवी पासवान, रेणु देवी पासवान र रामनाथ महतोसहितका स्थानीय नेताकार्यकर्ताहरु जनमत प्रवेश गरिएको छ।

उनिहरुलाई जनमत पार्टी मधेश प्रदेश सदस्य ब्रह्मदेव महतो, पार्टीका नगर अध्यक्ष रामधनी साह, उपाध्यक्ष रामदुलारी महतो,गणेशमान चारनाथ नगरपालिका-९ का वडाध्यक्ष नन्दकिशोर यादवलगायतका नेताहरुले पार्टीमा स्वागत गरेका थिए। साथै,नवप्रवेशीहरुलाई प्रदेश सदस्य महतोले टीका लगाउदैँ पार्टीका सदस्यता वितरण गरिएको थिए।

जनमत पार्टीका नेताहरूले नव प्रवेश गर्ने सम्पूर्ण सदस्यलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

पार्टी प्रवेश तथा बैठकको वडा प्रत्यासी सुरेन्द्र महतोको अध्यक्षतामा भएको थियो।

प्रकाशित मिति: २०८२ भाद्र ७, शनिबार २०:२१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !