जनताको भावना अनुरूप नै मुलुकको विकासका लागि वर्तमान स्थायी सरकार बनेको हो : मन्त्री खड्का

जनताको भावना अनुरूप नै मुलुकको विकासका लागि वर्तमान स्थायी सरकार बनेको हो : मन्त्री खड्का
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ६, शुक्रबार १६:५१
जनताको भावना अनुरूप नै मुलुकको विकासका लागि वर्तमान स्थायी सरकार बनेको हो : मन्त्री खड्का

लहान : ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले स्व. प्रदीप गिरीको योगदानलाई नेपाली इतिहासले सदैव सम्मानका साथ स्मरण गर्ने बताएका छन्।

समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता स्व. प्रदीप गिरीको तेस्रो स्मृति दिवसका अवसरमा बिहीबार लहानमा आयोजित कार्यक्रममा मन्त्री खड्काले गिरीको योगदान मुलुकको प्रगतिका लागि अमूल्य रहेको बताए।

ADVERTISEMENT

उनले भने, “स्व. प्रदीप गिरी सबै पार्टीका साझा नेता हुनुहुन्थ्यो। विपी कोइरालाको विचारबाट प्रभावित भएर उहाँ स्थापित हुनुभएको थियो। उहाँको अभाव आज पनि मुलुकमा खड्कीको रूपमा रहेको छ।”

मन्त्री खड्काले गिरीको विचार र दृष्टिकोणले नेपाली जनतालाई ‘रैती’ बाट ‘जनता’ बनाउन ठूलो भूमिका खेलेको भन्दै श्रद्धाञ्जली अर्पण गरे।

वर्तमान सरकारको संरचना र उद्देश्यबारे बोल्दै उनले भने, “तथ्यको आधारमा, स्थायी सरकार नबनेसम्म मुलुकको विकास सम्भव छैन। जनताको चाहनामा आधारित वर्तमान सरकार आगामी निर्वाचनसम्म दुई दलकै सहकार्यमा सञ्चालन हुनेछ।”

उनले सरकारको प्राथमिकता जनताका समस्या समाधानमा केन्द्रित रहेको उल्लेख गर्दै, मधेश प्रदेशमा वडा स्तरमा दाता संकलनको पहल तथा सिंचाई व्यवस्थापनका लागि ठोस कदम चालिएको जानकारी पनि दिए।

प्रकाशित मिति: २०८२ भाद्र ६, शुक्रबार १६:५१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !