गौशाला इन्जिनियरिङ क्याम्पसमा लोकतान्त्रिक विद्यार्थी संघ इकाई समिति गठन

गौशाला इन्जिनियरिङ क्याम्पसमा लोकतान्त्रिक विद्यार्थी संघ इकाई समिति गठन
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ५, बिहीबार १०:३१
गौशाला इन्जिनियरिङ क्याम्पसमा लोकतान्त्रिक विद्यार्थी संघ इकाई समिति गठन

जनकपुरधाम : राजर्षि जनक विश्वविद्यालयको आङ्गिक क्याम्पस, गौशाला इन्जिनियरिङ क्याम्पसमा लोसपा निकट लोकतान्त्रिक विद्यार्थी संघको इकाई समिति सर्वसम्मतिले गठन गरिएको छ। बुधबार सम्पन्न कार्यक्रममा विद्यार्थी नेता तथा विद्यार्थीहरूको उपस्थितिमा नयाँ नेतृत्व चयन गरिएको हो।

नवगठित समितिको अध्यक्षमा अनिरुध यादव चयन भएका छन्। उपाध्यक्षमा अविनाश यादव, दिपेश यादव, सतेन्द्र चौधरी र सुभास चन्द्र साह रहेका छन्। त्यस्तै सचिवमा दिप कुमार यादव, सह–सचिवमा कनक मिश्र र कोषाध्यक्षमा आदर्श निधि रहेका छन्। यी पदाधिकारीसहित ३५ सदस्यीय समिति सर्वसम्मतिले गठन भएको हो।

ADVERTISEMENT

कार्यक्रममा राजर्षि जनक विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति प्रवेश यादव, लोकतान्त्रिक विद्यार्थी संघ महोत्तरी जिल्ला अध्यक्ष धिरेन्द्र मण्डल, राजर्षि जनक विश्वविद्यालय समिति अध्यक्ष जगमोहन गुप्ता, स्ववियु उपसभापति सुरेन्द्र दास, विद्यार्थी नेता सुबोध गुप्ता, अविनाश साह, अन्कित यादवलगायतको उपस्थिति थियो।

स्ववियु सभापति प्रवेश यादवले शुभकामना दिँदै विद्यार्थी संगठनहरूले विश्वविद्यालयमा सुधार, पारदर्शिता र उत्तरदायित्व कायम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यार्थी अधिकार र कर्तव्यलाई सन्तुलन गर्दै अघि बढ्दा मात्र संगठन प्रभावकारी बन्ने बताउनुभयो।

नवगठित समितिले विद्यार्थी हकहितलाई पहिलो प्राथमिकता दिने र संगठनलाई संस्थागत रूपमा सबल बनाउन निरन्तर सक्रिय रहने घोषणा गरेको छ। साथै, शैक्षिक, सामाजिक र सांस्कृतिक गतिविधिमार्फत विद्यार्थी एकता र सशक्तीकरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: २०८२ भाद्र ५, बिहीबार १०:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !