उपत्यकाका ३ वटै जिल्लाका सीडीओ फेरिए

उपत्यकाका ३ वटै जिल्लाका सीडीओ फेरिए
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ५, बिहीबार ०७:२२
उपत्यकाका ३ वटै जिल्लाका सीडीओ फेरिए

काठमाडौं: काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।

गृह मन्त्रालयले बुधबार सहसचिव र उपसचिवहरुको सरुवा गर्दा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका हुन्।

ADVERTISEMENT

गृह मन्त्रालयले मन्त्रालय मातहत कार्यरत २० सहसचिव र २४ उपसचिवको एकै पटक सरुवा गरेको हो। जस अनुसार काठमाडौंमा छविलाल रिजाललाई पठाइएको छ। काठमाडौंका सीडीओ ऋषिराम तिवारीलाई मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा कामकाजमा खटाएर रिजाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो।

यस्तै ललितपुरमा यसअघि धादिङका सीडीओ सुमन घिमिरेलाई खटाइएको छ भने भक्तपुरमा गृह मन्त्रालयका सहसचिव नमराज घिमिरेलाई सरुवा गरिएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ५, बिहीबार ०७:२२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !