जनमत पार्टीको कानुन व्यवसाय संघमा १२ सदस्यीय कार्यसमिति गठन, संयोजकमा अधिवक्ता साह

जनमत पार्टीको कानुन व्यवसाय संघमा १२ सदस्यीय कार्यसमिति गठन, संयोजकमा अधिवक्ता साह
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ४, बुधबार १६:४१
जनमत पार्टीको कानुन व्यवसाय संघमा १२ सदस्यीय कार्यसमिति गठन, संयोजकमा अधिवक्ता साह

काठमाडौं : जनमत पार्टीको पेशागत संगठन कानुन व्यवसाय जनमत संघ को १२ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको छ।

बुधबार काठमाडौंस्थित मध्यबानेश्वरमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कानुन व्यवसाय जनमत संघ गठन गरिएको हो।

ADVERTISEMENT

संघको संयोजकमा अधिवक्ता उपेन्द्र कुमार साह चयन भएका छन्। सह–संयोजकमा अधिवक्ता रञ्जित कुमार साह चयन भएका छन्।

त्यसै गरी सचिवमा अधिवक्ता रामछबिला यादव, सह–सचिवमा अधिवक्ता राहुल कुमार रजक तथा कोषाध्यक्षमा अधिवक्ता पिटर जङ्ग कुँवर चयन भएका छन्।

कार्यसमितिका अन्य सदस्यहरूमा अधिवक्ता हरि प्रसाद साह, घुरण साह, गौरीशंकर महतो, दिव्या सिंह, लक्ष्मी ठाकुर, काजल चौधरी र सुरेश सुनार रहेका छन्।

पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले सम्पुर्ण कार्यसमितिका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए।

कार्यक्रममा जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, सचिव अनिता देवी साह, केन्द्रीय कार्यकारिणी सदस्य हिरेन्द्र चौधरी, पीएन माझी लगायतको उपस्थिति थियो।

प्रकाशित मिति: २०८२ भाद्र ४, बुधबार १६:४१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !