इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति यूएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति यूएईबाट पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ४, बुधबार ०७:३१
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति यूएईबाट पक्राउ

काठमाडौं : मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति संयुक्त अरब इमिरेट्स (यूएई) बाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ घर भई काठमाण्डौको कीर्तिपुर नगरपालिका–४ गाम्चा बस्ने कलबहादुर बस्नेत रहेका छन् । एनसीबी अबुधाबी यूएईको समन्वयमा पक्राउ परेका बस्नेतलाई हिजो नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि एनसीबी काठमाण्डौको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ साल पुस ११ गते रेड नोटिस जारी भएको थियो । बस्नेतलाई कारबाहीका लागि मानव बेचबिखन ब्युरो पठाइएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र ४, बुधबार ०७:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !