धनुषामा बलात्कार अभियोगमा अधिवक्ता प्रमोद राय पक्राउ

धनुषामा बलात्कार अभियोगमा अधिवक्ता प्रमोद राय पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १, आईतवार १४:४७
धनुषामा बलात्कार अभियोगमा अधिवक्ता प्रमोद राय पक्राउ

जनकपुरधाम : धनुषाका एक अधिवक्ता बलात्कार आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा अधिवक्ता प्रमोद कुमार राय रहेका छन्। उनलाई शुक्रबार काठमाडौंको बानेश्वर–तीनकुने क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

शनिबार उनको बयान तथा कानुनी प्रक्रियाका लागि उनलाई धनुषा ल्याइएको छ। आज जिल्ला अदालत धनुषामा पेश गरी रायको म्याद थप गर्ने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ।

ADVERTISEMENT

धनुषाको छिरेश्वरनाथ नगरपालिका–९ की एक महिलाले रायसहित तीनजनाविरुद्ध सामूहिक बलात्कारको जाहेरी दिएको प्रहरीले जनाएको छ। घटना १२ माघ २०८१ मा बिहानको कुहिरोको समय भएको उल्लेख गरिएको छ।

पीडितले घटनापछि इलाका प्रहरी कार्यालयमा उजुरी दिर्ने प्रयास गरेकी थिइन्, तर उजुरी दर्ता नभएको पीडित पक्षको दाबी छ। पछि उच्च अदालतबाट परमादेश जारी भएपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा जाहेरी दर्ता भएको हो।

प्रकाशित मिति: २०८२ भाद्र १, आईतवार १४:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !