मधेशका मुख्यमन्त्रीसँग भारतीय जल शक्ति मन्त्रालयको टोलीको भेट

मधेशका मुख्यमन्त्रीसँग भारतीय जल शक्ति मन्त्रालयको टोलीको भेट
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २९, बिहीबार ०८:५३
मधेशका मुख्यमन्त्रीसँग भारतीय जल शक्ति मन्त्रालयको टोलीको भेट

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको तीन सदस्यीय प्रतिनिधिमण्डलले बिहीबार बिहान भेट गरेका छन्।

भेटमा टोलीले भूगर्भीय पानीको अवस्थाको विस्तृत मूल्याङ्कन गर्न तथा पानीको अभाव समाधानका उपायहरूबारे सुझाव दिने योजना प्रस्तुत गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

ADVERTISEMENT

प्रतिनिधिमण्डलले आगामी दिनमा मधेश प्रदेशका विभिन्न जिल्लामा पुगेर भूगर्भीय पानीको अवस्था सम्बन्धी आवश्यक अनुसन्धान गर्नेछ।

भारतीय टोलीमा जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरू आशिष पाण्डे, जगदम्बा प्रसाद र प्रसान्त राय रहेका छन्।

मुख्यमन्त्री सिंहले टोलीको अनुसन्धान र सुझावले प्रदेशमा दिगो पानी व्यवस्थापन र भू–जल संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २०८२ श्रावण २९, बिहीबार ०८:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !