धनुषामा लागुऔषध कारोबारी पक्राउ, प्रहरीको गोलीमा एक घाइते

धनुषामा लागुऔषध कारोबारी पक्राउ, प्रहरीको गोलीमा एक घाइते
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २८, बुधबार १८:३६
धनुषामा लागुऔषध कारोबारी पक्राउ, प्रहरीको गोलीमा एक घाइते

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका–२ मा प्रहरीको गोली लागेर एक व्यक्ति घाइते भएका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो, काठमाडौंबाट खटिएको टोलीले गोली प्रहार गर्दै दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो।

ADVERTISEMENT

ब्युरोका एक अधिकृतका अनुसार पक्राउ पर्नेमा मिथिला–२ का पप्पु शाह र एक महिला रहेका छन्। पप्पु शाहको दाहिने खुट्टामा गोली लागेको छ। उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालककृष्ण सन्जेलको नेतृत्वमा गएको टोलीले नियन्त्रणका क्रममा दुई राउन्ड गोली चलाएको हो। पक्राउ परेका दुई जनासँग करिब २२५ ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ श्रावण २८, बुधबार १८:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !