सरकारमा जाने विषय हाम्रो प्राथमिकतामा छैन: प्रचण्ड

सरकारमा जाने विषय हाम्रो प्राथमिकतामा छैन: प्रचण्ड
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २५, आईतवार २१:२६
सरकारमा जाने विषय हाम्रो प्राथमिकतामा छैन: प्रचण्ड

चितवन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाने विषय आफूहरूको प्राथमिकतामा नरहेको बताएका छन् ।

आज पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले गरेका कामको विरोध गर्दा माओवादीलाई सरकार चाहिएको जसरी अर्थ्याउन खोजिएको भन्दै अहिले नै सरकारमा जाने कुनै सोच नरहेको उनको भनाइ थियो ।

ADVERTISEMENT

सरकार परिवर्तनका विषयमा सोधिएको प्रश्नमा अध्यक्ष ‘प्रचण्ड’ले भने, “यो सरकारले राम्रो काम गरिरहेको छैन । त्यस विषयमा कुरा उठाउँदा सरकार चाहिएको जसरी बुझ्नु हुँदैन । हामीलाई सरकार चाहिएको छैन । त्यस विषयमा हामीले कुनै चासो राखेका छैनौँ ।”

प्रकाशित मिति: २०८२ श्रावण २५, आईतवार २१:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !