२३ निर्माण कम्पनी कालोसूचीमा

२३ निर्माण कम्पनी कालोसूचीमा
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २३, शुक्रबार १६:००
२३ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं : तोकिएको समयमा काम नगर्ने २३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढेको छ।

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने २३ निर्माण कम्पनीलाई ७ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिँदै कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको हो।

ADVERTISEMENT

चित्तबुझ्दो स्पष्टीकरण नभए सार्वजनिक खरिद ऐनअनुसार कालोसूचीमा राखिने कार्यालयको सूचनामा उल्लेख छ।

खरिद अनुगमन कार्यालयले यसअघि पत्राचार गर्दा पनि ती कम्पनी सम्पर्कमा नआएपछि सार्वजनिक सूचना प्रकाशित गरेको हो।

प्रकाशित मिति: २०८२ श्रावण २३, शुक्रबार १६:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !