राष्ट्रियसभा बैठक बस्दै, महालेखा परीक्षकको प्रतिवेदन पेस गरिने

राष्ट्रियसभा बैठक बस्दै, महालेखा परीक्षकको प्रतिवेदन पेस गरिने
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २३, शुक्रबार ०९:१४
राष्ट्रियसभा बैठक बस्दै, महालेखा परीक्षकको प्रतिवेदन पेस गरिने

काठमाडौं : संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (शुक्रबार) बस्दैछ । बैठक बिहान सवा ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले ‘महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

ADVERTISEMENT

यस्तै, विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्नुहुनेछ ।

बैठकमा सभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन् ।

प्रकाशित मिति: २०८२ श्रावण २३, शुक्रबार ०९:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !