देशको राजनीतिक निकासका लागि संविधान संशोधन आवश्यक : महासचिव सिंह

देशको राजनीतिक निकासका लागि संविधान संशोधन आवश्यक : महासचिव सिंह
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २३, शुक्रबार ०८:१४
देशको राजनीतिक निकासका लागि संविधान संशोधन आवश्यक : महासचिव सिंह

जनकपुरधाम : जनमत पार्टीका महासचिव चन्दन सिंहले देशको वर्तमान राजनीतिक जटिलता समाधान गर्न संविधान संशोधन अपरिहार्य भएको बताएका छन् ।

उनले संविधान संशोधनमार्फत संघ, प्रदेश र स्थानीय तहका सरकारलाई स्पष्ट अधिकार दिई बलियो संघीय शासन प्रणाली विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

ADVERTISEMENT

सिंहका अनुसार अहिलेको शासन व्यवस्थामा तीनवटै तहबीच अधिकारको अन्योल तथा दोहोरोपनका कारण जनताले सेवा, सुविधा पाउन कठिनाइ भोगिरहेका छन् ।

‘देशमा राजनीतिक स्थायित्व र जनउत्तरदायी शासन सुनिश्चित गर्न अब संविधानमै संशोधन गरी तीनै तहका सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्छ,’ सिंहले भने, ‘नत्र जनताको विश्वास संविधानप्रति कमजोर हुँदै जान्छ ।’

उनले मधेश लगायतका क्षेत्रका नागरिकले अपेक्षा गरेको समावेशी र संघीय शासनको मर्म अनुसार संविधान कार्यान्वयन नभएको आरोप लगाए । सिंहले जनमत पार्टी संघीयता र समावेशी लोकतन्त्रको सशक्त पक्षधर रहेको भन्दै राष्ट्रिय स्तरमै संविधान संसोधनका विषयमा बहस चलाउनुपर्ने धारणा राखे ।

उनले विकास, समृद्धि र स्थायित्वको मूल आधार अधिकार सम्पन्न सरकार नै हो भन्दै संविधान संशोधनबिना मुलुक अगाडि बढ्न नसक्ने टिप्पणी गरे ।

प्रकाशित मिति: २०८२ श्रावण २३, शुक्रबार ०८:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !