जनमत पार्टीबाट दीपक साहको निष्कासन उचित र स्वागतयोग्य : नेता यादव

जनमत पार्टीबाट दीपक साहको निष्कासन उचित र स्वागतयोग्य : नेता यादव
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २२, बिहीबार २१:०३
जनमत पार्टीबाट दीपक साहको निष्कासन उचित र स्वागतयोग्य : नेता यादव

जनकपुरधाम : जनमत पार्टी मधेश प्रदेशका सदस्य राम पुकार यादवले निलम्बित पार्टीका राष्ट्रिय उपाध्यक्ष ईन्जिनियर दीपक कुमार साहलाई पार्टीबाट पूर्ण रूपमा निष्कासन गरेको निर्णय स्वागतयोग्य रहेको बताए ।

उनका अनुसार साहले पार्टीको अनुशासन विभागको प्रमुख रहेको बेला आफैंले अन्य होनहार युवा नेताकार्यकर्तामाथि कारबाही गर्ने भूमिका खेलेका थिए। तर, पछि आफूलाई कारबाहीमा पारिएपछि पार्टी निर्णयको खुलेरै विरोध गर्दै अनुशासनहीन गतिविधि गर्दै आएको यादवको भनाइ छ।

ADVERTISEMENT

‘जब उनी स्वयं कारबाहीमा परे, त्यसपछि पार्टीको नेतृत्वविरुद्ध खुलेर लागेको देखियो,’ यादवले भने, ‘उक्त गतिविधिले पार्टीलाई आन्तरिक रूपमा कमजोर पार्ने काम गर्‍यो। त्यसैले पार्टीले गरेको निष्कासन निर्णय उचित र समयानुकूल हो।’

यसअघि चैत १४ गते साहलाई पार्टी उपाध्यक्ष पदबाट ६ महिनाका लागि निलम्बन गरिएको थियो। पछिल्लो समय पार्टी नेतृत्व र निर्णयको विरोधमा देखिएपछि जनमत पार्टीले उनलाई साधारण सदस्यबाट समेत हटाउने गरी पूर्ण निष्कासन गरेको हो।

प्रकाशित मिति: २०८२ श्रावण २२, बिहीबार २१:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !