कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते

कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २२, बिहीबार २०:१७
कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते

कैलाली : कैलाली कारागारमा कैदीबन्दीबीच झडप भएको छ । बिहीबार कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जाेशीले झडपका क्रममा घाइते भएका पाँच जनाकाे सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए ।

ADVERTISEMENT

उनकाअनुसार उनीहरूकाे बारेमा विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गाेगनबहादुर हमालले भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जाेडिएका तीन जनाकाे अन्यत्र सरूवा भएको बताए । उनीहरूलाई स्थानान्तरण गर्ने क्रममा विवाद हुँदा झडप भएको उनको भनाइ छ ।

प्रकाशित मिति: २०८२ श्रावण २२, बिहीबार २०:१७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !