जनमत पार्टीबाट उपाध्यक्ष दीपक कुमार साह पूर्ण रूपमा निष्कासित

जनमत पार्टीबाट उपाध्यक्ष दीपक कुमार साह पूर्ण रूपमा निष्कासित
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २२, बिहीबार १९:२४
जनमत पार्टीबाट उपाध्यक्ष दीपक कुमार साह पूर्ण रूपमा निष्कासित

जनकपुरधाम : जनमत पार्टीले निलम्बित उपाध्यक्ष दीपक कुमार साहलाई पार्टीबाट पूर्ण रूपमा निष्कासन गरेको छ। अब साह पार्टीका साधारण सदस्यका रूपमा पनि नरहने जनाइएको छ।

पार्टीले बिहिवार एक विज्ञप्ति जारी गर्दै अनुशासनको निरन्तर उल्लंघन, गुटगत गतिविधि तथा पार्टी विभाजनको प्रयास गरेको भन्दै साहलाई निष्कासन गरेको जानकारी दिएको हो।

ADVERTISEMENT

अनुशासन समिति संयोजक नरेन्द्र प्रसाद चौधरी र सचिव अनिता कुमारी मण्डलको हस्ताक्षरयुक्त विज्ञप्तिमा भनिएको छ, “पार्टीको सम्पूर्ण पदबाट निलम्बन भइसकेपछि पनि उहाँले पार्टीको नाम, झण्डा र छापको अवैध प्रयोग गर्दै कार्यक्रम सञ्चालन गर्नुभएको पाइएको छ।”

साहलाई गत चैत १४ गते पार्टीको उपाध्यक्ष पदबाट ६ महिनाका लागि निलम्बन गरिएको थियो। पार्टीले जिम्मेवारीअनुसारको भूमिका नखेलेको र अध्यक्ष डा. सीके राउतविरुद्ध उभिएको आरोप लगाउँदै उनलाई निलम्बन गरेको थियो।

पार्टीले सोही क्रममा साहसँग स्पष्टीकरण पनि मागेको थियो। तर, पार्टीले दिएको जानकारीअनुसार, उनले चित्त बुझ्ने जवाफ नदिएको र अनुशासनहीन गतिविधि जारी राखेकाले निष्कासनको निर्णय लिनुपरेको हो।

पार्टीले उनलाई गम्भीर अनुशासनहीनता, गुटबन्दी र नेतृत्वविरोधी गतिविधिमा संलग्न भएको ठहर गरेको छ।

प्रकाशित मिति: २०८२ श्रावण २२, बिहीबार १९:२४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !