महोत्तरीको मटिहानीमा ३९ जना किसानलाई सिंचाइ मोटर वितरण

महोत्तरीको मटिहानीमा ३९ जना किसानलाई सिंचाइ मोटर वितरण
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २१, बुधबार २२:१५
महोत्तरीको मटिहानीमा ३९ जना किसानलाई सिंचाइ मोटर वितरण

महोत्तरी : मटिहानी नगरपालिकामा सञ्चालित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना अन्तर्गत ३९ जना किसानलाई सिंचाइका लागि मोटर वितरण गरिएको छ।

मटिहानी नगरपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट र रतौली युवा क्लब (RYC) को सहकार्यमा संचालन भएको उक्त कार्यक्रममा लागत सहभागितामा मोटरसहितको बोरिङ जडान गरिएको हो।

ADVERTISEMENT

बुधबार नगर प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा कृषि शाखा प्रमुख संध्या साहले सिंचाइ सुविधा अभावका कारण समस्या झेलिरहेका किसानलाई लक्षित गरी मोटर वितरण गरिएको जानकारी दिइन्।

कार्यक्रममा वडा नं. ३ का अध्यक्ष नाजिर मिया, वडा नं. ६ का अध्यक्ष कलिम अन्सारी, वडा नं. ८ का अध्यक्ष रितेश साह, वडा नं. ९ का अध्यक्ष मदन चौधरी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, प्राविधिक शाखा प्रमुख चन्देश्वर यादव, हेफर प्रोजेक्टका वरिष्ठ कार्यक्रम अधिकृत मिथलेश झा, RYC प्रतिनिधि कृष्णबहादुर भूल र परियोजना संयोजक महेश राय यादवको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले उत्पादनमुखी कृषि प्रणाली र उद्यमशीलता प्रवर्धन गर्न यस्ता कार्यक्रमले किसानलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे। साथै, जलस्रोतको उचित उपयोग गर्दै आधुनिक प्रविधिमार्फत उत्पादन वृद्धि गर्न किसानलाई सघाउने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।

प्रकाशित मिति: २०८२ श्रावण २१, बुधबार २२:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !