पार्टी अनुशासन उल्लङ्घनमा कडा निगरानी, जनमतले सुरु गर्‍यो नाम संकलन

पार्टी अनुशासन उल्लङ्घनमा कडा निगरानी, जनमतले सुरु गर्‍यो नाम संकलन
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २१, बुधबार १९:१०
पार्टी अनुशासन उल्लङ्घनमा कडा निगरानी, जनमतले सुरु गर्‍यो नाम संकलन

काठमाडौँ : जनमत पार्टीले पार्टी अनुशासन उल्लङ्घन गर्ने नेता तथा कार्यकर्ताको नाम केन्द्रमा पठाउन जिल्ला इन्चार्जहरूलाई निर्देशन दिएको छ।

पार्टी अध्यक्ष डा.सीके राउतको निर्देशनमा पार्टी सचिवालयले बुधबार पत्र जारी गर्दै पार्टी विरोधी गतिविधिमा संलग्न सदस्यहरूको नाम र प्रमाणसहित सूचीबद्ध गरी नियमित रूपमा केन्द्रमा पठाउन आग्रह गरेको हो।

ADVERTISEMENT

पत्रमा भनिएको छ, “पार्टी विरोधी गतिविधिमा लाग्ने, पार्टी विरोधी गुट/समूहको बैठक वा भेलामा सहभागी हुने वा पार्टी विरोधी पोस्टहरू गर्ने सदस्यहरूको नाम प्रमाणसहित नियमित रूपमा केन्द्रमा पठाउन अनुरोध गरिन्छ।”

साथै, पार्टीले अनुशासन कार्यान्वयनमा कडाइ गर्ने नीति लिएको बताउँदै कुनै पनि सदस्यले पार्टी निर्णय विपरीत गतिविधि गरे, कुनै समितिमा नरही चुनावी टिकट वा लाभको पद लिन खोजेमा ‘अनुशासन सफाइ प्रमाणपत्र’ अनिवार्य गरिने व्यवस्था ल्याउने जानकारी गराएको छ।

पार्टी सचिवालयको भनाइअनुसार, अबदेखि अनुशासन उल्लङ्घन गर्नेप्रति तत्काल कारबाहीको प्रक्रिया सुरु गरिने छ।

प्रकाशित मिति: २०८२ श्रावण २१, बुधबार १९:१०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !