महोत्तरीको रामगोपालपुरबाट करिब ४७१ किलो गाँजासहित ट्रक चालक पक्राउ

महोत्तरीको रामगोपालपुरबाट करिब ४७१ किलो गाँजासहित ट्रक चालक पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १९, सोमबार १४:४१
महोत्तरीको रामगोपालपुरबाट करिब ४७१ किलो गाँजासहित ट्रक चालक पक्राउ

महोत्तरी : महोत्तरीको रामगोपालपुर चोकबाट करिब ४७० किलो ९६० ग्राम गाँजासहित एक ट्रक चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–४ घर भएका २६ वर्षीय मानबहादुर मुक्तान रहेका छन्। उनलाई आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो।

ADVERTISEMENT

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको संयुक्त टोलीले जलेश्वरतर्फ आउँदै गरेको ना ६ ख २९१९ नम्बरको ट्रक जाँच गर्दा १० बोरा गाँजा फेला परेको थियो।

प्रहरीका अनुसार ट्रकबाट बरामद गरिएको गाँजाको तौल ४७० किलो ९६० ग्राम छ। मुक्तानलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ श्रावण १९, सोमबार १४:४१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !