सुक्खाग्रस्त किसानलाई राहत: मधेश सरकारबाट १२ सय स्यालो ट्युबवेल वितरण सुरू

सुक्खाग्रस्त किसानलाई राहत: मधेश सरकारबाट १२ सय स्यालो ट्युबवेल वितरण सुरू
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १७, शनिबार २१:०९
सुक्खाग्रस्त किसानलाई राहत: मधेश सरकारबाट १२ सय स्यालो ट्युबवेल वितरण सुरू

जनकपुरधाम : पानी नपरेर सुक्खाग्रस्त बनेका किसानलाई राहत स्वरूप मधेश प्रदेश सरकारले १८ करोड रुपैयाँको लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ।

मधेश प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले “सुक्खा क्षेत्र सहयोग कार्यक्रम” मार्फत प्रदेशका आठ जिल्लाका किसानलाई स्यालो ट्युबवेल उपलब्ध गराउने योजना ल्याएको हो।

ADVERTISEMENT

धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरी जिल्लामा पानीको अभावले खडेरीको असर भोगिरहेका किसानलाई सम्बन्धित कृषि ज्ञान केन्द्रमार्फत स्यालो ट्युबवेल वितरण सुरु गरिएको मन्त्रालयका प्रवक्ता सरोज चौधरीले जानकारी दिए।

उनका अनुसार जनताको आवश्यकता र प्राथमिकताका आधारमा १२ सय स्यालो ट्युबवेल वितरण गरिनेछ।

मन्त्रालयका अनुसार एउटा स्यालो ट्युबवेल जडान गर्न एक लाखदेखि तीन लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान छ। यदि ट्युबवेलमा सौर्य ऊर्जा (सोलार) प्रणाली जोड्नुपर्ने भए थप लागत पर्नेछ। पानीको सतह (गहिराइ) कति छ भन्ने कुराले पनि खर्चमा असर पर्ने मन्त्रालयको भनाइ छ।

ट्युबवेल वितरणका लागि मन्त्रालयले सातदिने सूचना प्रकाशित गरिसकेको छ। ट्युबवेल पाउन इच्छुक किसानले कम्तीमा दुई बिघा खेतीयोग्य जमिनको प्रमाणित लालपुर्जा कृषि ज्ञान केन्द्रमा बुझाउनु पर्नेछ।

मन्त्रालयका अनुसार पानीको अभावले गर्दा यस वर्ष मधेस प्रदेशमा हालसम्म जम्मा ५० प्रतिशत मात्रै धान खेती भएको छ।

प्रकाशित मिति: २०८२ श्रावण १७, शनिबार २१:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !