बिन्दवासिनीमा पावरड्रिल बोरिङको उद्घाटन, २०० बिगाहा खेत सिँचाइको अपेक्षा

बिन्दवासिनीमा पावरड्रिल बोरिङको उद्घाटन, २०० बिगाहा खेत सिँचाइको अपेक्षा
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १६, शुक्रबार १६:२८
बिन्दवासिनीमा पावरड्रिल बोरिङको उद्घाटन, २०० बिगाहा खेत सिँचाइको अपेक्षा

वीरगंज : पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–३ झौवामा मधेश प्रदेश सरकारको सहयोगमा जडान गरिएको पावरड्रिल बोरिङको उद्घाटन गरिएको छ।

सिँचाइको सुविधाका लागि स्थापना गरिएको उक्त बोरिङको उद्घाटन जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले शुक्रबार गरेका हुन्।

ADVERTISEMENT

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष सर्राफले खडेरीको समयमा किसानका लागि यो बोरिङ सञ्जीवनी सावित हुने दाबी गरे। करिब २०० बिगाहा खेतमा सिँचाइ गर्न सक्ने क्षमताको बोरिङले स्थानीय कृषकहरूको उत्पादन वृद्धि गर्न र दीर्घकालीन सिँचाइ समस्याको समाधान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

उनले जनमत पार्टी किसानको हकहितमा सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै किसान आन्दोलनकै जगबाट पार्टीको स्थापनाभएको स्मरण गराए।

कार्यक्रममा जनमत पार्टीकी केन्द्रीय सदस्य अनिता रौनियार, सन्तोष साह, प्रदेश सदस्य राजनारायण मिश्र, बिन्दवासिनी पालिका अध्यक्ष विनोद (ललन) चौरसिया, वडा समिति अध्यक्ष रामबाबु चौरसिया, किसान जनमत संघका जिल्ला संयोजक विनोद कुशवाहा, वीरगंज महानगर संयोजक संजय सिंह, लोकेश कर्ण, संजय सर्राफ, देव यादव लगायतको उपस्थिति थियो।

स्थानीय किसानहरूले सिँचाइको सुविधा बढेपछि बालीमा नोक्सानी कम हुने र कृषि उत्पादनमा उल्लेखनीय सुधार हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८२ श्रावण १६, शुक्रबार १६:२८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !