सेवाग्राहीलाई जनकपुरधाम धाउनुपर्ने बाध्यता हट्छ, घरमै लाइसेन्स वितरण गर्छौं : प्रमुख सिंह

सेवाग्राहीलाई जनकपुरधाम धाउनुपर्ने बाध्यता हट्छ, घरमै लाइसेन्स वितरण गर्छौं : प्रमुख सिंह
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १६, शुक्रबार १३:३४
सेवाग्राहीलाई जनकपुरधाम धाउनुपर्ने बाध्यता हट्छ, घरमै लाइसेन्स वितरण गर्छौं : प्रमुख सिंह

जनकपुरधाम : अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन गाउँबाट जनकपुरधाम धाइरहनुपर्ने बाध्यता हट्ने भएको छ। यातायात व्यवस्था कार्यालय जनकपुरधामले जनताको घरमै पुगेर लाइसेन्स वितरण गर्ने तयारी थालेको छ।

कार्यालय प्रमुख धनञ्जय कुमार सिंहका अनुसार केही दिनभित्रै धनुषाका विभिन्न पालिकामा गएर छापिएका लाइसेन्सहरू वितरण गरिनेछ।

ADVERTISEMENT

‘गाउँगाउँबाट जनकपुरधाम आउनुपर्ने बाध्यता हट्छ, जनताको समय र खर्चको बचत हुन्छ,’ सिंहले मधेशपत्रसँग भने, ‘सेवा प्रवाहमा कुनै कसर बाँकी राख्ने छैनौं।’

उनका अनुसार पहिलो चरणमा ती पालिकालाई प्राथमिकता दिइनेछ, जहाँ लाइसेन्स वितरणमा ढिलाइ हुँदै आएको छ। सिंहले पालिकाको कुनै एक स्थानमा वितरण कार्यक्रम आयोजना गरी टोलीमार्फत लाइसेन्स वितरण सुरु गरिने जानकारी दिए।

‘जनताको घरदैलोमै सेवा पुर्‍याउने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘अब लाइसेन्स पाउन भीडभाड र सास्ती झेल्नुपर्ने छैन।’

यातायात कार्यालयको यस कदमले विशेषगरी ग्रामीण क्षेत्रका सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण १६, शुक्रबार १३:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !