पाकिस्तानमा इमरान खानको पार्टीका १ सय ८ जनालाई सजय

पाकिस्तानमा इमरान खानको पार्टीका १ सय ८ जनालाई सजय
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १६, शुक्रबार १३:०८
पाकिस्तानमा इमरान खानको पार्टीका १ सय ८ जनालाई सजय

काठमाडौं : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तहरीक–ए–इन्साफ (पीटीआई) का १ सय ८ सदस्यहरूलाई काराबासको सजाय सुनाइएको छ ।

काराबासको सजाय सुनाइएकाहरूमाथि सन् २०२३ मा सेनाविरुद्ध विरोध प्रदर्शनमा सहभागी भएको आरोप लगाइएको छ ।

ADVERTISEMENT

सनु २०२३ मे महिनामा भ्रष्टाचारको आरोपमा अदालतमा पेशी हुन जाने क्रममा सुरक्षा बल इमरान खानलाई गिरफ्तार गरेको थियो । उनलाई गिरफ्तार गर्नुअघि नै पाकिस्तानमा हिंस्रक विरोध प्रदर्शन सुरु भइसकेको थियो ।

सजाय सुनाइनेमा पाकिस्तानको राष्ट्रिय सभामा विपक्ष दलका नेता उमर अय्युब खान पनि परेका छन् । बीबीसीका अनुसार उनलाई १० वर्ष कैदको सजाय सुनाइएको छ ।

पाकिस्तानका विपक्षी नेताहरूले ‘एन्टी टेररिज्म कोर्ट’ को फैसलाको निन्दा गरेका छन् । पछिल्लो फैसलाले पीटीआईका छ सांसदहरूलाई पनि अयोग्य ठहर गरेको छ ।

प्रकाशित मिति: २०८२ श्रावण १६, शुक्रबार १३:०८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !