सप्तरीमा करेन्टबाट खंग दम्पतीको निधन, प्रदेश सरकार पीडित परिवारको साथमा

सप्तरीमा करेन्टबाट खंग दम्पतीको निधन, प्रदेश सरकार पीडित परिवारको साथमा
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १५, बिहीबार १९:०४
सप्तरीमा करेन्टबाट खंग दम्पतीको निधन, प्रदेश सरकार पीडित परिवारको साथमा

जनकपुरधाम : सप्तरीको रूपनी गाउँपालिका–२ का बालेश्वर खंग र उनकी श्रीमती रामकुमारी खंगको करेन्ट लागेर ज्यान गएको घटनाले मधेश प्रदेशलाई मर्माहत बनाएको छ।

दैनिक जीविकोपार्जनका लागि सिटी रिक्सा चार्ज गर्दै गर्दा करेन्ट लागेर उनीहरूको मृत्यु भएको हो। घटनालाई लिएर मुख्यमन्त्री सतिशकुमार सिंहले दुःख व्यक्त गर्दै प्रदेश सरकार पीडित परिवारको साथमा रहेको बताएका छन्।

ADVERTISEMENT

‘यो केवल एक परिवारको पीडा होइन, सम्पूर्ण समाजको वेदना हो,’ मुख्यमन्त्री सिंहले भने, ‘प्रदेश सरकार जनताको सुखमा सहयात्री र दुःखमा अभिभावक भएर खडा हुन्छ भन्ने हाम्रो प्रतिबद्धता हो।’

“प्रदेश सरकार जनताको साथमा, सदैव खडा छ,” मुख्यमन्त्री सिंहले भने।

प्रदेश सरकारद्वारा साउन महिनादेखि लागू गरिएको नागरिक बीमा कार्यक्रम अन्तर्गत मृतक दम्पतीका आश्रित परिवारजनले बीमाको लाभ पाउने सुनिश्चित गर्न उच्चस्तरीय टोली खटिएको छ।

मुख्यमन्त्रीको निर्देशनमा खेलकुद तथा समाजकल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित कुमार यादव, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेशकुमार झा, मन्त्रालयका प्रवक्ता तथा उपसचिव धर्मेन्द्र लाल कर्ण र बीमा कम्पनीका प्रतिनिधि खंग परिवारको घर पुगेका छन्।

टोलीले पीडित परिवारसँग कुराकानी गर्दै बीमा सुविधा प्राप्तिका लागि आवश्यक प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ। परिवारसँग आवश्यक कागजात संकलनको काम भइरहेको र बीमा दावी प्रक्रिया सहज बनाउन सहयोग पुर्‍याइने बताइएको छ।

मुख्यमन्त्री सिंहले खंग दम्पतीको निधनप्रति गहिरो शोक व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्।

प्रकाशित मिति: २०८२ श्रावण १५, बिहीबार १९:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !