कमला क्रिकेट लिगको फाइनलमा वडा नं. ४ र वडा नं. ५ भिड्ने

कमला क्रिकेट लिगको फाइनलमा वडा नं. ४ र वडा नं. ५ भिड्ने
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १५, बिहीबार १२:१३
कमला क्रिकेट लिगको फाइनलमा वडा नं. ४ र वडा नं. ५ भिड्ने

जनकपुरधाम : धनुषाको कमला नगरपालिकामा जारी ‘कमला क्रिकेट लिग २०८२’ को पहिलो संस्करण अन्तर्गत फाइनल खेलमा वडा नं. ४ र वडा नं. ५ आमनेसामने हुने भएका छन्।

असार २० गतेदेखि सुरु भएको उक्त लिगको फाइनल साउन २ गते हुने भनिए पनि अविरल वर्षा, खेल अवरुद्ध र अन्य आन्तरिक कारणले खेल स्थगित हुँदै आएको थियो। झण्डै एक महिनापछि अब फाइनल खेल हुन लागेको हो।

ADVERTISEMENT

कमला युवा सञ्जालको आयोजनामा भएको प्रतियोगितामा नगरपालिकाका सबै ९ वटै वडाका टोली सहभागी थिए। आयोजक अध्यक्ष बिमलेश यादवका अनुसार सबै टिमहरू क्रिकेटको औपचारिक नियमअनुसार छनोट भएर प्रतिस्पर्धामा उत्रेका थिए।

वडा नं. ४ ले कुल ६ खेलमध्ये २ मा हार र ४ मा जीत निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको थियो। त्यस्तै, वडा नं. ५ ले ५ खेलमध्ये ४ मा जीत र १ मा हार व्यहोरेको थियो।

प्रि–सेमिफाइनलमा वडा नं. ५ ले वडा नं. २ लाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। सो खेलमा अम्पायरको एक विवादास्पद निर्णयका कारण वडा नं. २ पछि परेको थियो। सिरहा जिल्लास्तरीय क्रिकेट टोलीका कप्तान समेत रहेका वडा नं. ५ का अशोक यादवको कप्तानीमा टोली लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।

सेमिफाइनलअघि भएको खेलमा वडा नं. २ ले वडा नं. ५ द्वारा दिएको १६४ रनको लक्ष्य पछ्याउँदै १३० रनमै सीमित भएको थियो। १२ बलमा ४३ रन बनाएका चम्किला ब्याट्सम्यान रामईश्वर यादवलाई अम्पायरले विवादास्पद ढंगले आउट दिएको भन्दै खेलमा असन्तुष्टि पनि व्यक्त गरिएको थियो।

फाइनल खेल शुक्रबार (भोली) दिउँसो १२ बजे सुरु हुने आयोजकले जानकारी दिएको छ। खेल २० ओभरको हुनेछ। विजेता टोलीलाई २५ हजार रुपैयाँ नगद र ट्रफीसहित पुरस्कृत गरिनेछ भने उपविजेताले १५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन्।

आयोजकका अनुसार फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण १५, बिहीबार १२:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !