धनुषाको खजुरीमा ट्राफिक जनचेतनामूलक कार्यक्रम,हेलमेट नलगाउने १५ चालकलाई सम्झाइबुझाइ

धनुषाको खजुरीमा ट्राफिक जनचेतनामूलक कार्यक्रम,हेलमेट नलगाउने १५ चालकलाई सम्झाइबुझाइ
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १२, सोमबार १६:०७
धनुषाको खजुरीमा ट्राफिक जनचेतनामूलक कार्यक्रम,हेलमेट नलगाउने १५ चालकलाई सम्झाइबुझाइ

जनकपुरधाम : ट्राफिक नियम पालनामा सर्वसाधारणको सहभागिता र सचेतना अभिवृद्धि गर्न इलाका प्रहरी कार्यालय खजुरीले सोमबार जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

जनकनन्दिनी गाउँपालिका–३ महुवादेखि खजुरीतर्फ आउने–जाने सडकखण्डमा आज बिहान १० बजेदेखि सवारी चेकजाँच तथा जनचेतनामूलक कार्यक्रम गरिएको हो। कार्यक्रम प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) दिपेन्द्र बहादुर बस्नेतको कमाण्डमा पाँच सदस्यीय टोलीमार्फत सञ्चालन गरिएको थियो।

ADVERTISEMENT

सवारी चेकजाँचका क्रममा ट्राफिक नियम उल्लंघन गरी हेलमेट नलगाई दुई/दुई जना सवार भएर आएका १५ वटा मोटरसाइकल र तिनका चालकहरूलाई प्रहरी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय खजुरीमा ल्याइएको थियो।

प्रहरीका अनुसार ती चालकहरूलाई हेलमेटको आवश्यकता, दुर्घटना न्यूनीकरणमा यसको भूमिका, ट्राफिक नियमको महत्त्व लगायत विषयमा जानकारी दिँदै सचेत बनाइएको हो। कारबाहीका सट्टा उनीहरूलाई सम्झाई–बुझाई गरी चेतावनीसहित छाडिएको प्रहरी कार्यालयले जनाएको छ।

इलाका प्रहरी कार्यालय खजुरीका अनुसार यस्तो कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्दै नागरिकमा ट्राफिक सुरक्षा सम्बन्धी चेतना अभिवृद्धि गराउने लक्ष्य राखिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण १२, सोमबार १६:०७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !