मधेशको पानी समस्याबारे मुख्यसचिवको चासो, गृह मन्त्रालयलाई समाधानका लागि निर्देशन

मधेशको पानी समस्याबारे मुख्यसचिवको चासो, गृह मन्त्रालयलाई समाधानका लागि निर्देशन
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ६, मंगलवार २२:४७
मधेशको पानी समस्याबारे मुख्यसचिवको चासो, गृह मन्त्रालयलाई समाधानका लागि निर्देशन

काठमाडौँ : लगातारको वर्षा अभाव र कमजोर मनसुनका कारण मधेश प्रदेशमा उत्पन्न भएको खानेपानी तथा सिँचाइ संकटप्रति संघीय सरकार गम्भीर बनेको छ।

सरकारका मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा बसेको सचिवस्तरीय बैठकले बारा, पर्सा, सप्तरीलगायत जिल्लामा खडेरीको प्रत्यक्ष असर परेको निष्कर्ष निकाल्दै तत्काल, मध्यम र दीर्घकालीन समाधान उपायहरू तय गर्ने प्रक्रिया अघि बढाएको छ।

ADVERTISEMENT

२०७९ सालदेखि लगातार सुख्खा र कमजोर मनसुनका कारण जमिनमुनिको पानीको सतह घट्दै गएको, सार्वजनिक धारा सुक्न थालेको र सिँचाइका लागि आवश्यक पानी नपुग्दा धान रोप्न समेत कठिन हुने अवस्था आएको बैठकमा उल्लेख गरिएको छ।

यही सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसालले गृह मन्त्रालयलाई पत्र पठाउँदै, प्रमुख जिल्ला अधिकारीमार्फत स्थानीय तहसँग समन्वय गरी समस्या समाधानमा तत्काल सक्रिय हुन निर्देशन दिएका छन्।

पत्रमा भनिएको छ, “मधेश प्रदेशका विभिन्न स्थानमा खानेपानीको हाहाकार भई आम जनतामा सुख्खाजन्य विपद् उत्पन्न भएकोले स्थानीय स्तरबाट समन्वय र पहल गर्नका लागि प्रजिअलाई अनुरोध गरिएको छ।”

 

प्रकाशित मिति: २०८२ श्रावण ६, मंगलवार २२:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !