लुम्बिनीमा लोसपाका पाण्डेय मन्त्री बन्ने तयारी

लुम्बिनीमा लोसपाका पाण्डेय मन्त्री बन्ने तयारी
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ४, आईतवार २०:५३
लुम्बिनीमा लोसपाका पाण्डेय मन्त्री बन्ने तयारी

बुटवल : लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सन्तोषकुमार पाण्डेयलाई मन्त्री बनाउने तयारी भइरहेको छ। उनलाई मुख्यमन्त्री चेतनारायण आचार्यले हाल सम्हालिरहेको खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने बुझिएको छ।

लोसपा सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले केही दिनअघि पार्टी अध्यक्ष र प्रदेशका मुख्यमन्त्रीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको जानकारी दिए। “हाम्रो अध्यक्षज्यू र मुख्यमन्त्रीज्यूसँग कुराकानी भइसकेको छ, मन्त्री बन्न अब रोक्नुपर्ने कारण छैन,” शुक्लाले भने।

ADVERTISEMENT

सत्तागठबन्धनभित्र साना दलका लागि केही मन्त्रालय खाली राखिएको छ। त्यसमध्ये एक मन्त्रालय पाण्डेयलाई दिने तयारी भएको हो।

हाल लुम्बिनी प्रदेश सरकारमा एमालेका मुख्यमन्त्रीसहित ५ मन्त्री, नेपाली कांग्रेसका ५ मन्त्री र जसपाबाट १ मन्त्री छन्। लोसपाबाट प्रदेशसभामा तीन जना सांसद छन्।

लोसपाकी लुम्बिनी प्रदेश प्रमुख सचेतक हेमा बेल्लाले पनि पाण्डेयलाई मन्त्री बनाउने तयारी भइरहेको पुष्टि गरिन्। मुख्यमन्त्री आचार्य हाल काठमाडौँमा रहेका छन्। उनी फर्किएपछि पाण्डेयले पद तथा गोपनीयताको शपथ लिने तयारी भएको एक प्रदेश मन्त्रीले जानकारी दिए।

 

प्रकाशित मिति: २०८२ श्रावण ४, आईतवार २०:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !