राजविराजमा भारोत्तोलन संघ सप्तरीको नयाँ कार्य समिति चयन

राजविराजमा भारोत्तोलन संघ सप्तरीको नयाँ कार्य समिति चयन
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १, बिहीबार २०:०७
राजविराजमा भारोत्तोलन संघ सप्तरीको नयाँ कार्य समिति चयन

राजविराज : सप्तरीमा भारोत्तोलन संघको नयाँ कार्य समिति गठन गरिएको छ । बिहीबार राजविराजमा सम्पन्न भेलाबाट पुन्ती लाल यादवको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो।

कार्यक्रम भारोत्तोलन संघ सप्तरीका निर्वतमान अध्यक्ष तथा जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता एवं पूर्व शिक्षा मन्त्री महेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। जिल्ला खेलकुद संघ सप्तरीका कार्यालय प्रमुख दिनेश भुजेलको रोहबरमा नयाँ समिति चयन गरिएको हो।

ADVERTISEMENT

नवगठित कार्य समितिमा अध्यक्षमा पुन्ती लाल यादव चयन भएका छन् भने उपाध्यक्षमा गोपाल प्रसाद गुप्ता र शान्ति चौधरी चयन भएका छन्। त्यसैगरी, सचिवमा जितेन्द्र प्रसाद गुप्ता, कोषाध्यक्षमा राजेन्द्र प्रसाद यादव चयन भएका छन्।

सदस्यहरूमा मनोज कुमार यादव, लक्ष्मी दास, सूर्य नारायण दास, हेम नारायण साह, डा. रमेश कुमार सिंह र दीपेन्द्र कुमार यादव रहेका छन्।

त्यस्तै, सल्लाहकारहरूमा महेश प्रसाद यादव, डा. शिव शंकर यादव, डा. बीरेन्द्र यादव, नवीन कुमार गुप्ता, मनोज कुमार माझी र सूर्य नाथ यादव चयन भएका छन्।

नयाँ नेतृत्वले भारोत्तोलन खेलको प्रवर्द्धन तथा खेलाडीको क्षमता विकासमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: २०८२ श्रावण १, बिहीबार २०:०७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !