लागू औषधसहित रौतहटको होटलबाट दुई जना पक्राउ

लागू औषधसहित रौतहटको होटलबाट दुई जना पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १, बिहीबार २०:००
लागू औषधसहित रौतहटको होटलबाट दुई जना पक्राउ

अमित ठाकुर, रौतहट : रौतहट जिल्लाको गौर नगरपालिका–१ मा रहेको एक होटलबाट ठूलो मात्रामा लागू औषधसहित दुई जना पक्राउ परेका छन्।

विशेष जानकारीका आधारमा लागू औषध नियन्त्रण कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले शुभम् होटलबाट उनीहरूलाई पक्राउ गरेको हो।

ADVERTISEMENT

प्रहरी निरीक्षक रामकुमार महतोको नेतृत्वमा खटिएको टोलीले राजदेवी नगरपालिका–८ का २३ वर्षीय नितेश पण्डित र ३२ वर्षीय पिन्टु कुमार यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।

उनीहरूको साथबाट नाइट्राभेट लेखिएको सय पन्ध्र पत्ता, नेट्जेकेयर लेखिएको नव्बे पत्ता, डाइजेपाम तीन सय सुई, फेनेरगन तीन सय सुई, बुप्रेनोर्फिन तीन सय सुई र भारतीय नम्बर प्लेट भएको ग्यालेमर मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुबै जनामाथि जिल्ला अदालत गौरबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 

प्रकाशित मिति: २०८२ श्रावण १, बिहीबार २०:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !