चुरे संरक्षणमा तीनै तहको साझा प्रयास अपरिहार्य : मुख्यमन्त्री सिंह

चुरे संरक्षणमा तीनै तहको साझा प्रयास अपरिहार्य : मुख्यमन्त्री सिंह
मधेशपत्र मधेशपत्र २०८२ असार २६, बिहीबार २३:००
चुरे संरक्षणमा तीनै तहको साझा प्रयास अपरिहार्य : मुख्यमन्त्री सिंह

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वातावरणीय असन्तुलन र मौसमको प्रतिकूलता सबैका लागि गम्भीर चिन्ताको विषय भएको बताएका छन्।

राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई जनकपुरधामद्वारा आयोजित प्रदेशस्तरीय स्रोत परिचालन समिति तथा समन्वय समितिको संयुक्त बैठक बिहीबार धनुषाको लालगढमा उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले वातावरणीय असन्तुलनका कारण खोलानालाहरूको सतह बढ्दै जानु खतराको संकेत भएको उल्लेख गरे।

ADVERTISEMENT

‘प्राकृतिक प्रकोपको जोखिम दिनप्रतिदिन बढिरहेको छ, त्यसैले चुरे संरक्षणका लागि संघ, प्रदेश र स्थानीय तहबीचको साझा प्रयास अब अपरिहार्य बनिसकेको छ,’ उनले भने, ‘नदीजन्य स्रोतको वैज्ञानिक एवं वातावरणमैत्री व्यवस्थापनमार्फत मात्र दीर्घकालीन समाधान सम्भव छ।’

मुख्यमन्त्री सिंहले चुरे क्षेत्रको मरुभूमिकरण रोक्न तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताए। उनले नदीजन्य संरचनाहरूको दिगोपनाका लागि वातावरणमैत्री ढंगले उत्खनन गर्नुपर्नेमा जोड दिँदै त्यस्ता सामग्रीको निर्यातबाट प्रदेशको राजस्व वृद्धिमा समेत योगदान गर्न सकिने धारणा राखे।

‘चुरे क्षेत्रलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न वैज्ञानिक ढंगले योजना बनाउनु जरुरी छ,’ मुख्यमन्त्री सिंहको भनाइ थियो, ‘स्थानीय जनताको सहकार्य, सरोकारवालाको सहभागिता र वैज्ञानिक अध्ययनको आधारमा मात्र दिगो संरक्षण सम्भव हुन्छ।’

बैठकमा प्रदेश सरकारका उच्च अधिकारी, सरोकारवाला निकायका प्रतिनिधि तथा संरक्षण अभियन्ताहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ असार २६, बिहीबार २३:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !