९० लाख रुपैयाँ लोककल्याणकारी विज्ञापन वितरण, मधेशका २८३ संचारमाध्यम लाभान्वित

९० लाख रुपैयाँ लोककल्याणकारी विज्ञापन वितरण, मधेशका २८३ संचारमाध्यम लाभान्वित
मधेशपत्र मधेशपत्र २०८२ असार २३, सोमबार १७:५९
९० लाख रुपैयाँ लोककल्याणकारी विज्ञापन वितरण, मधेशका २८३ संचारमाध्यम लाभान्वित

जनकपुरधाम : मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा सञ्चारमाध्यम प्रवर्धनका लागि लोककल्याणकारी विज्ञापनमार्फत ९० लाख रुपैयाँ वितरण गरेको छ।

प्रदेश सरकारले आमसंचार प्राधिकरणमार्फत वितरण गरेको उक्त रकमबाट प्रदेशका २८३ वटा सञ्चारमाध्यम लाभान्वित भएका छन्।

ADVERTISEMENT

आमसंचार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाले मधेशपत्रसंग कुरा गर्दै प्रदेशमा सञ्चालित तथा प्राधिकरणमा सूचीकृत सञ्चारमाध्यमलाई लक्षित गर्दै यो रकम वितरण गरिएको जानकारी दिए।

उनका अनुसार ९ वटा टेलिभिजन, ६५ वटा एफएम रेडियो, ४ वटा मासिक, २ वटा द्वैमासिक/त्रैमासिक पत्रिका, १०४ साप्ताहिक पत्रिका, ४७ दैनिक, ४० अनलाइन तथा अन्य १२ छुट भएका सञ्चारमाध्यमले यो सुविधा प्राप्त गरेका छन्।

‘लोककल्याणकारी विज्ञापनको वितरणले सञ्चारमाध्यमको प्रवर्धन र सुदृढीकरणमा सहयोग पुग्ने विश्वास लिएको छ,’ अध्यक्ष खड्गाले भने, ‘अर्को आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइनेछ।’

मधेश प्रदेश सरकारले यसअघि पनि सूचना प्रवाह र सञ्चारक्षेत्रको सशक्तीकरणका लागि विभिन्न कार्यक्रम ल्याउँदै आएको छ। प्राधिकरणले प्रदेशका सञ्चारमाध्यमलाई व्यवस्थित र पारदर्शी ढंगले सहयोग गर्न विज्ञापन वितरण प्रणालीलाई प्रभावकारी बनाइने जनाएको छ।

प्रकाशित मिति: २०८२ असार २३, सोमबार १७:५९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !